सूचनाको शक्ति - The Power Of Information

        

सभामुख सापकोटा स्थलमार्गबाट सिन्धुपाल्चोक प्रस्थान

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ का पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा त्यसतर्फ प्रस्थान गरेका छन् । उनी स्थलमार्गबाट आज बिहानै सिन्धुपाल्चोकको बाह्रबिसे प्रस्थान गरेका हुन् ।

‘पहिरोले घुम्थाङको नागपुजे र भीरखर्कमा क्षति पुगेको जानकारी आज बिहान ४ बजे आउनासाथ हामी गाडीमार्फत् त्यता हिँड्यौं,’ सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने ।

उनका अनुसार मौसम अनुकूल भए उद्धारका लागि हेलिकोप्टर पनि पठाउने तयारी भइरहेको छ । गएरातिको वर्षाका कारण पहिरो जाँदा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागपुजे, भीरखर्कलगायतका स्थानमा पहिरो जाँदा १६ जना बेपत्ता भएका र एक जनाको शव फेला परेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतवार ०७:४३