सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

मालपोत कार्यालयका ८ कर्मचारीसहित बाँकेमा थपिए ४० कोरोना संक्रमित

बाँकेमा कोरोना संक्रमित ८ जनाको मृत्यु

बाँके । शनिबार बाँकेमा थप ४० जना नयाँ संक्रमित थपिएका छन्।

भेरि अस्पतालमा गरिएको पिसिआर परीक्षणका क्रममा ३५ जना र बागेश्वरी ल्याबमा परीक्षण गर्दा थप ५ जनामा संक्रमन पुष्टि भएको छ। जसमध्ये १२ महिला र २८ पुरूष छन्।

शनिबार भेटिएकामध्ये ८ जना मालपोत कार्यालयका कर्मचारी रहेका छन्। जसमा लेखा अधिकृत समेत रहेको जिल्ला फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। अन्य संक्रमित सबै सर्वसाधारण नागरिक रहेको उनले बताए।

योसँगै बाँकेमा मात्रै कुल संक्रमितको संख्या १ हजार ४ सय ४ जना पुगेको छ। त्यसमध्ये ४ सय १४ जना सक्रिय संक्रमित छन्। शनिबार बाँकेका १५ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

हालसम्म कुल ९ सय ८५ जना उपचारपछि घर फर्किएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए। हालसम्म बाँकेमा कोरोना संक्रमित ८ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार १३:५५