काठमाडौं । चितवनमा एकै दिनमा ८७ जना कोरोना संक्रमित थपिएका छन्।
भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका ७३ जनासहित चितवनका ८७ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमितहरू ३ देखि ९० वर्षसम्मका छन्। कालिका नगरपालिकाका ८, खैरहनीका ४ र रत्ननगरका २ जनामा पनि संक्रमण पुष्टि भएको प्रयोगशालाका प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।
४४६ वटा नमूना परीक्षण गरिएकोमा अन्यको रिपोर्ट भने नेगेटिभ आएको छ।
सत्यपाटी ।