काठमाडौं । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा थप ११ जनामा संक्रमण पुष्टि भएको हो। जसमा कास्कीका ९, बागलुङका १ र नवलपरासीपूर्वका १ जना छन्।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ७२ पुगेको छ। उनीहरुलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको जनाइएको छ।
सत्यपाटी ।