बाँके । बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ की ८० वर्षीया महिलाको उपचारका क्रममा मंगलबार मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।
नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचार गराइरहेकी ती महिलाको दुबै फोक्सोमा निमोनिया भएको थियो ।
यो संगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । नेपालगन्जका मात्रै ५ जनाको मृत्यु भएको छ ।
नरैनापुर, कोहलपुर र बैजनाथका १/१ जनाको मृत्यु भएको छ ।
सत्यपाटी ।