सूचनाको शक्ति - The Power Of Information

        

विराटनगरमा संक्रमित वृद्धको मृत्यु

विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत थप एक जना कोरोना संक्रमित वृद्ध पुरुषको सोमबार बिहान मृत्यु भएको छ ।

काठमाडौ । विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको बिहान ३ः१५ बजेतिर मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

उनका अनुसार भदौ ११ गने संक्रमण पुष्टि भएका वृद्धलाई १० दिन ‘होम आइसोलेसन’मा राखेर उपचारका लागि शनिबार उपचार केन्द्रमा ल्याइएको थियो ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले मृतकमा उच्च रक्तचापको पुरानै समस्या रहेको जानकारी दिए । कोरोना संक्रमण देखिएपछि ‘होम आइसोलेसन’मै रहे पनि श्वासप्रश्वासमा समस्या भएका कारण थप उपचारका लागि कोभिड उपचार केन्द्रमा ल्याइएको उनको भनाइ छ ।

वृद्धसँगै हालसम्म विराटनगरका १५ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार ०८:५५