सूचनाको शक्ति - The Power Of Information

        

निषेधाज्ञा उल्लंघन गर्ने १९६ गाडी होल्ड, उपत्यकामा मात्रै १५ सय ट्राफिक प्रहरी परिचालन

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार बिहान निषेधाज्ञा उल्लंघन गर्ने १ सय ९६ गाडी होल्ड भएका छन् । जसमा १ सय ५३ दुई पांग्रे र ४३ चारपांग्रे गाडी रहेका छन् ।

पछिल्लो समय निषेधाज्ञा उल्लंघन गर्ने क्रम बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । अत्यावश्यक तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले अनुमति दिएकाबाहेक गाडी चलाउन रोकिएको भए पनि अटेरी गर्ने बढेका हुन् ।

निषेधाज्ञा नमान्नेलाई संक्रमक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

निषेधाज्ञाका बेला काठमाडौं उपत्यकामा झण्डै १५ सय ट्राफिक प्रहरी परिचालन गरिएको पनि महाशाखाले बताएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतवार १०:३०