सूचनाको शक्ति - The Power Of Information

        

बेतिथि

रेलमार्ग र मल खरिदसँग जोडिएका ठेकेदारलाई कारबाही : प्रकाण्ड

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पूर्व–पश्चिम रेल आयोजनाको काँकडभिट्टा–इनरुवा खण्डको ठेकेदार र रेल विभागका कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको छ । रेलमार्गको ठेक्का प्रक्रियामा कमिसनको खेल भएको भन्दै कुनै पनि मूल्यमा नेकपालाई सह्य नहुने भन्दै चेतावनी दिइएको छ ।

पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले रेलमार्गले ओगटेको जग्गाको मुआब्जा वितरण नगरी प्राविधिक एवं आर्थिक मुल्याङ्कनबिनै कानुनविपरीत ६ अर्बभन्दा बढी कमिसनको खेलमा लागेर रेलमार्गको ठेक्का लगाएको आरोप लगाउँदै ठेकेदार र रेल विभागका कर्मचारीलाई कारबाही गर्ने कारबाहीको चेतावनी दिएका हुन् ।

उनले यातायात मन्त्रालय, रेल विभागका महानिर्देशक बलराम मिश्र, शर्मा एण्ड शर्मा कम्पनीका रमेश शर्मा, गोल्डेन गुड्स कम्पनीका ग्याल्जे शेर्पा, कालिका कम्पनीका विक्रम पाण्डे र लामा कम्पनीका जिपछिरिङ लामालगायतले ठेक्का प्रक्रियामा ६ अर्बभन्दा बढीको कमिसनको खेल खेलेको गम्भीर आरोप लगाएका छन् ।

यससँगै धान पाक्ने बेला हुन लाग्दासम्म पनि किसानले मल नपाएएकोप्रति पनि चिन्ता व्यक्त गरेका छन् । पार्टी प्रवक्ता विश्वकर्मा ‘प्रकाण्ड’ले मल खरिदको ठेक्का पाएका शैलुङ कस्ट्रक्सन कम्पनीका शारदाप्रसाद अधिकारी र होविको मल्टिपल कम्पनीका होमनाथ कोइरालालाई पनि कारबाहीको चेतावनी दिइएका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतवार १०:१३