काठमाडौं । प्रदेश ५ मा बिहीबार थप ७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमित प्रहरीको संख्या १ सय ६४ पुगेको छ ।
संक्रमितमध्ये ७७ जना प्रहरी उपचाररत रहेको प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए । तीमध्ये लक्षणसहितका ५ जना प्रहरी विभिन्न अस्पतालमा उपचाररत छन् ।
‘पछिल्लो समय सबैभन्दा धेरै कपिलवस्तुमा २५ र रुपन्देहीमा २१ प्रहरी संक्रमित भएका छन्,’ वैदवारले भने, ‘ठूलो संख्यामा प्रहरी संक्रमित हुँदा व्यवस्थापनमा समस्या भएको छ ।’
प्रदेशका ८७ प्रहरी भने कोरोना मुक्त भएका छन् । प्रहरीमा कोरोना संक्रमण बढेपछि अदालतमा लैजानुपर्ने थुनछेक मुद्दाका अभियुक्तहरुको भिडियो कन्फरेन्सद्वारा म्याद थप्ने तयारी थालिएको छ ।
सत्यपाटी ।