काठमाडौं । गृहमन्त्री रामबहादुर थापा राहत सामग्री लिएर बाग्लुङ हिँडेका छन्।
उनी बाग्लुङ पहिरोको अवलोकनसँगै राहत सामग्री पनि लिएर हिँडेको गृह मन्त्रालयले जनाएको छ।
थापा नेपाली सेनाको हेलिकप्टरमा बाग्लुङ उडेका छन्।
बाग्लुङको ढोरपाटन नगरपालिकामा पहिरो जाँदा आठ जनाको मृत्यु भएको छ। ३६ जना अझै बेपत्ता छन्।
सत्यपाटी ।