काठमाडौं । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मृल्यवृद्धि फिर्ता गर्न माग गरेको छ।
एकै महिनामा पटक पटक पेट्रोलियम पदार्थमा मुल्य बढाउनु सबै क्षेत्र र वस्तुमा मुल्यवृद्धि गराउनु भएको दाबी गर्दै नेविसंघका महामन्त्री वलदेव तिमल्सिनाले यो कदम तत्काल फिर्ता हुनुपर्ने माग गरे।
‘महामारीले जनताको जीवनयापन अत्यन्तै असहज र कष्टकर भइरहेको र थप राहत, सहुलियतको जरुरी रहेको समयमा सरकार निरन्तर नागरिकलाइ थप पीडा दिन र चुलो बन्द गराउन उद्धत छ,’ महामन्त्री तिमल्सिनाले भनेका छन्, ‘बिनाकारण पटकपटक गरिएको मुल्यवृद्धि खारेज गराउन नेपाल आयल निगम र नालायक सरकारकाविरुद्ध निर्णायक दबाबको विकल्प छैन।’
नेपाल आयल निगमले मंगलवार पेट्रोलको भाउ फेरि बढाएको हो। १५ दिनअघि मात्रै लिटरमा एक रुपैयाँ बढाएको निगमले मंगलबार रातिबाट लागू हुनेगरी फेरि २ रुपैयाँ बढाएको हो।
अब पेट्रोलको भाउ लिटरमा १०७ रुपैयाँ पुगेको छ।
सत्यपाटी ।