सूचनाको शक्ति - The Power Of Information

        

गण्डकीमा बुधबार थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । गण्डकी प्रदेशमा बुधबार थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको ४ जिल्लाअन्तर्गत तनहुँ, कास्की, लमजुङ र नवलपरासीमा थप संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कास्कीमा २३ जना, नवलपुरमा ७ जना, लमजुङमा ४ जना र तनहुँमा १ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वस्थ्य निर्देशनालयका निर्देशक डा. विनोद बिन्दु शर्माले बताए ।

संक्रमितमध्ये कास्कीमा कार्यरत २० जना प्रहरी जवान, पोखरा पार्कल्याण्ड हस्पिटमा कार्यरत स्टाफनर्स रहेका छन् । त्यसैगरी लमजुङ सुन्दरबजारका ५० वर्षीय पुरुष ओमनबाट आएको र सुन्दरबजार १ की ४९ वर्षीय महिला स्थानीय किराना पसल सञ्चालक रहेको निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा दुई हजार २४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये १ हजार ६९३ जना निको भएर घर फर्किएका छन् भने १३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार ११:०२