सूचनाको शक्ति - The Power Of Information

        

किन टिक्दैनन् सेलिब्रिटीका सम्बन्ध ?

नेपालमा बढिरहेको ‘डिभोर्स’को शिलशिला एक्स्ट्रा अफेयरको परिणाम


काठमाडौं । गायिका मिलन अमात्यले मेन्सन अमात्यसँग सोमबार सम्बन्ध बिच्छेद (डिभोर्स) गरिन् । काठमाडौं जिल्ला अदालतबाट उनीहरू कानुनी रूपमा सम्बन्धमा नरहन सहमत भए । वैवाहिक जीवनको ६ वर्षपछि उनले उक्त सम्बन्धमा रहन नसक्ने निवेदनका आधारमा नै डिभोर्स सम्भव भएको हो । ६ वर्ष वितेपछि उनीहरूको सन्तान छैनन् । अमात्यको हकमा पनि उनको गायक दिपक लिम्बूसँगको अफेयरका कारण सम्बन्ध विच्छेद भएको चर्चा संगितबजारमा रहेको छ । ‘उनीहरूको प्रेम सम्बन्ध थियो भन्ने त चारैतिर हल्ला छ । दिपकको नाम नै संजोग हो । जसको नामबाट मिलनले गीति एल्बम पनि निकालेकी छिन्,’ एकजना संगीतकारले भने, ‘यो पनि एउटा प्रमूख कारण हुनसक्छ । यद्यपि, उनीहरूको नीजि जीन्दगीको विषय भएकाले यसमा थप टिप्पणी छैन ।’ मिलनले ‘मिलन संजोग’ नामको एल्बमको तयारी सकेकी छिन् । मिलने करिअरका लागि सम्बन्धमा नरहेको बताएकी छिन् । मेन्सनले पनि उनको करिअरका लागि आफु सम्बन्ध विच्छेदका लागि तयार भएको सर्वत्र प्रतिक्रिया दिइसकेका छन् ।
नेपाली रङ्गञ्च क्षेत्रमा मिलनको मात्र हैन, धेरैको सम्बन्ध विच्छेद भएका छन् । करिअरका नाममै सम्बन्ध विच्छेद गरिएका छन् । अमेरिकामा रोचक मैनालीसँग विवाह गरेर पुगेकी अभिनेत्री प्रियंका कार्कीले पनि सम्बन्ध विच्छेद गरेकी थिइन् । अमेरिका पुगेको तीन वर्षमा उनले सम्बन्ध विच्छेद गरी नेपाल फर्किएकी थिइन् । अहिले उनी आयुष्मान देशराज श्रेष्ठसँग प्रेममा छिन् । बलिउड र हलिउडमा पनि रङगमञ्चमा रहेका धेरै कलाकारका सम्बन्ध विच्छेद हुन्छन् । यस पछाडीका कारण डबल अफेयर वा एक्स्ट्रा सम्बन्ध नै रहेको कारणहरू सतहमा आउने गरेका छन् । अभिनेत्री रेखा थापाको प्रेम सम्बन्ध हुँदाहुँदै उनले छविराज ओझासँग विवाह गरेकी थिइन् । छविसँग पनि उनको लामो समयसम्म सम्बन्ध कायम रहन सकेन । उनी विवाहको तयारीमा छिन् । तर, गायक राजेश पायल राईसँग उनको सम्बन्ध रहेको गसिप बजारमा आइसकेको छ । अभिनेत्री संचिता लुइँटेलले पनि दोस्रो विवाह गरी अभिनेता निखिल उप्रेतीसँग घर बसाएकी हुन् । सुटिङका समयमा निखिलसँग सम्बन्ध नजिक भएपछि उनले दोस्रो विवाह गरेकी थिइन् । अहिले निखिलका दुई सन्तानकी आमा हुन्, सञ्चिता । नेपाली रङ्गमञ्चमा यसरी सम्बन्ध विच्छेद धेरैले गरेका छन् । तर, सेलिब्रिटीको सम्बन्ध लामो किन रहँदैन ?
समाजशास्त्रीहरूका अनुसार प्रतिष्ठा र समयको अभावले सम्बन्धमा दरार आउने गर्छ त्यसकारण सम्बन्ध विच्छेदका घटना बढ्छन् । सेलिब्रिटी समाचारमा आइरहने भएका कारणले उनीहरूको सम्बन्धबारे मिडियामा खबर आउने भएकाले सतहमा आउँछ । नेपाली समाजमा उच्च ओहदा र प्रतिष्ठित क्षेत्रमा काम गर्ने धेरैको सम्बन्ध विच्छेद हुन्छ । ‘प्रमूख कारण पारिवारिक असमझदारी, एक्स्ट्रा अफेयर नै हो । जसले सम्बन्ध दिगो हुनमा प्रभावित बनाउँछ ।’, समाजशास्त्रीहरू बताउँछन् । त्यसो त स्वास्थ्य मन्त्रालयले गरेको एउटा अध्ययनले डबल अफेयर अथवा एक्स्ट्रा अफेयरका कारणले सम्बन्धमा विभाजन आउने पुष्टि गरेको छ । नेपालमा डबल अफेयर राख्ने धेरै रहेको मन्त्रालयको एउटा शोधले प्रमाणित गरेको छ । यता, मिलन अमात्यले भने पारिवारिक विषय नीजि भएका कारणले यसबारे विभिन्न आरोप लगाएर चर्चा नगरिदिन आग्रह गरेकी छिन् । उनले आफु पनि अरुजस्तै सामान्य मान्छे भएका कारणले यस्ता चर्चा नगर्न अनुरोध गरेकी छिन् । ‘अहिले म आफ्नो नीजि मामिलामा असहज अवस्थामा छु, मेराबारे नकारात्मक कुराहरू लेखेर नराम्रो बनाउने कार्य नगर्दिन अनुरोध गर्दछु ।’

प्रकाशित मिति : ३ आश्विन २०७४, मंगलवार ०५:२८