काठमाडौं । वीरगञ्जमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमितहरुमा पर्साका ३२, बाराका ४ र सर्लाहीका १ जना रहेका छन्। नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ८ महिला र ३३ पुरुष रहेका छन्। संक्रमित अन्य चार जनाको भने ठेगाना नखुलेको अस्पतालले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार हालसम्म ४ सय ८२ महिलासहित २ हजार १ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये ६ सय ८४ जना कोरोनामुक्त भईसकेका छन्। ३६ जनाको भने कोरोना संक्रमणबाट मृत्यु भएको छ।
।