काठमाडौं । सरकारले लामो, मध्यम तथा छोटो दूरीको सार्वजनिक बस सेवा भदौ मसान्तपछि मात्रै खोल्ने निर्णय गरेको छ ।
आइतवार राती बसेको मन्त्रिपरिषद् बैठकले भदौ १५ गतेदेखि चल्न दिने भनेको लामो, मध्यम तथा छोटो दूरीको सार्वजनिक बस सेवा सञ्चालन गर्ने समय भदौ मसान्तसम्म सारेको छ ।
यसअघि सरकारले भदौ १५ गतेबाट लामो, मध्यम तथा छोटो दूरीको सार्वजनिक बस सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । यस्तै सार्वजनिक बस सेवा, स्कुल–कलेजका परीक्षा, खेलकुद प्रशिक्षण पनि भदौ मसान्तपछि मात्रै खुला हुने भएका छन् ।
सरकारले अन्तर जिल्ला यातायात र आन्तरिक हवाई उडान पनि भदौ मसान्तसम्म नखोल्ने भएको छ ।
सत्यपाटी ।