सूचनाको शक्ति - The Power Of Information

        

बेलारुसमा राष्ट्रपति विरुद्ध प्रदर्शन, १ सय २५ जना पक्राउ

काठमाडौं । बेलारुसमा राष्ट्रपति विरुद्ध भएको आन्दोलनका क्रममा १ सय २५ जना पक्राउ परेका छन् ।

राष्ट्रपति एलेक्जेन्डर लुकासेंन्कोको राजीनामाको मागसहित राजधानी मिंक्समा भेला भएका हजारौं प्रदर्शनकारीहरुले सरकार विरुद्ध नारा लगाउनुका साथै सडकमा सुतेर विरोध गरेका छन् ।

गत अगष्टमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा धाँधली गरी लुकासेन्को राष्ट्रपति बनेको भन्दै तत्काल पद त्याग गर्न प्रदर्शनकारीहरुले माग गरेका छन् ।

केही प्रदर्शनकारीहरु राष्ट्रपति निवासतर्फ अघि बढेपछि प्रहरीले रोक्न खोज्दा दुवै पक्षबीच झडप समेत भएको छ ।

बिगत २६ वर्षदेखि लगातार राष्ट्रपति रहेका ६६ लुकासेन्को उमेर हदका कारण पनि पदमा बस्न लायक नभएको भन्दै प्रदर्शनकारीहरुले राजीनामा नदिएसम्म प्रदर्शन जारी रहने चेतावनी दिएका छन् ।

यता राष्ट्रपति लुकासेन्कोले निर्वाचनमा धाँधली नभएको भन्दै आफू कुनै पनि हालतमा पद त्याग गर्ने पक्षमा नरहेको अडान दोहो¥याउँदै आउनुभएको छ ।(एजेन्सी)

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार ०८:०४