सूचनाको शक्ति - The Power Of Information

        

सैनिक मुख्यालयमा सिपाहीले गरे गोली हानेर आत्महत्या

काठमाडौँ । नेपाली सेनाको मुख्यालय जंग्गी अड्डाका गोली हानेर एक सिपाहीले आत्महत्या गरेका छन् । तनहुँको रानीपोखरी घर भई भद्रकालीस्थित आर्मीको पेट्रोल पम्पमा ड्युटीमा खटिएका एक सिपाहीले आत्महत्या गरेका हुन् ।

ड्युटीको समयमा ती सिपाहीले ड्युटीमा रहँदा बोकेको बन्दुकले आफ्नो कन्चटमा गोली हानेर आत्हत्या गरेको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले पुष्टि गरे । ‘पेट्रोल पम्पमा ड्युटीमा रहेको समयमा ती सिपाहीले शनिबार बिहान ३ बजे गोली हालेर आत्महत्या गरेका हुन्,’ प्रवक्ता पौडेलले भने, ‘घटनाबारे थप नेपाल प्रहरी र सैनिक प्रहरीले अनुसन्धान गरिरहेको छ ।’

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतवार ११:३५