सूचनाको शक्ति - The Power Of Information

        

कोरोना अपडेटः विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ४९ लाख नाघ्यो

काठमाडौं ।  विश्वभर कोरोना भाइरस संक्रमितको संख्या दुई करोड ४९ लाख २८ हजार ७८१ पुगेको विश्व स्वास्थ्य संगठनले शनिबार जानकारी दिएको छ।

सो संगठनकाअनुसार शनिबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ४१ हजार ६८१ जनाको मृत्यु भएको छ।

शनिबार अपराह्नसम्म प्राप्त समाचारअनुसार सङ्क्रमित मध्ये हालसम्म एक करोड ७३ लाख १० हजार ३७२ व्यक्ति कोरोना मुक्त भएका छन्।

विश्वभरमा ६७ लाख ७६ हजार ७२० व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ। सङ्क्रमितहरु मध्ये ६१ हजार १८६ जनाको अवस्था गम्भीर रहेको जनाएको छ। रासस/एएफपी

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार १४:४८