सूचनाको शक्ति - The Power Of Information

        

डा गोविन्द केसीमाथि राज्यले देखाएको व्यवहारप्रति नेविसंघको गम्भीर ध्यानाकर्षण

काठमाडौं । सत्याग्रही एवं सरकारी बेथिति विरुद्धका अभियन्ता डा गोबिन्द केसीमाथि राज्यले दखाएको व्यवहारप्रति नेपाल विद्यार्थी संघ नेविसंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेविसंघले भनेको छ, ‘डा केसीमाथि राज्यले देखाएको अत्यन्त निकृष्ट र आपत्तिजनक ब्यबहारप्रति नेपाल बिद्यार्थी संघको गम्भिर ध्यानाकर्षण भएको छ ।

निरन्तर निमुखा र सर्बसाधारणको सेवामा तल्लीन रहँदै स्वास्थ्य, शिक्षामा रहेको विकृति, विसँगतिका विरुद्धको एक अथक अभियन्ता डा केसीलाई उहाँ बसेको स्थलबाट बाहिर जान प्रहरी र सशस्त्र प्रहरी लगाएर बलपूर्वक रोक्नु अतिवादको पराकाष्ठा हो ।’

नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले प्रेस नोट जारी गर्दै भनेका छन्, ‘उहाँको अभियानमा सहयोग गर्नेहरुलाई प्रहरी घर–घर पुगेर धम्क्याउने काम गर्नु सरकारको पराजित मानसिकताको पराकाष्ठ हो । यस्तो कार्य तत्काल रोक्न सरकारसँग  माग गर्दछु।’

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार ०९:५४