जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–४ ढाँणखर्कमा चट्याङ लागेर गत भदौ ८ गते ११ जना किसानका करिब २१७ भेडा मर्दा करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको थियो । सो क्षतिबाट पीडा खेपेका यहाँका किसानलाई तत्काल राहतको व्यवस्था गर्न नेकपा पातारासी गाउँ कमिटिले स्थानीय सरकार र प्रदेश सरकारलाई पिडित किसानलाई राहत उपलब्ध गराउन जोडदार माग गरेको गाउँ कमिटिका अध्यक्ष भक्तबहादुर बुढाले बताए ।
उनले भने, ‘राहतका लागि पातारासी गाउँपालिकामा नेकपा गाउँ कमिटिबाट डेलिगेशन गएको टोलिलाई गाउँपालिकाबाट न्युनतम राहत जसरी पनि उपलब्ध गराउने गाउँपालिकाका अध्यक्षले प्रतिबद्धता गर्नुभएको छ ।’ चट्याङबाट परेको भेडा किसानलाई राहतको आवश्यक रहेकोले गाउँ कमिटिले गरेको काममा ऐक्यबद्धता जनाउँदै स्थानीय सरकार र प्रदेश सरकारलाई उचित राहतको व्यवस्था गर्न आग्रह गरेको नेकपा कर्णाली प्रदेश कमिटी सदस्य पूर्णप्रसाद धितालले बताए ।
विजय रावत ।