सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

अस्वस्थ भएपछि जापानका प्रधानमन्त्रीले राजीनामा दिने

एजेन्सी । जापानका प्रधानमन्त्री शिन्जो आबेले स्वास्थ्यको कारण देखाउँदै शुक्रवार राजीनामा दिने जापान टाइम्स पत्रिकाले लेखेको छ । आबेलाई अल्सरेटिभ कोलिटिस नामक रोग लागेको र हालैका दिनमा उनी अस्पताल गइरहनुुपरेको थियो । पछिल्लो पटक उनी अस्पतालमा लगभग आठ घन्टा बसेका थिए ।

सन् २००७ मा पनि उनलाई यही रोगले कार्यकालको एक वर्षमै राजीनामा दिन बाध्य बनाएको थियो । आबेको कार्यकाल सेप्टेम्बर २०२१ सम्म भए पनि स्वास्थ्यका कारण समयअगावै उनले राजीनामा दिनुपर्ने भएको हो । शुक्रवार राज्यका नाममा सम्बोधन गर्दै उनले आफ्नो स्वास्थ्यस्थितिका बारेमा जानकारी दिँदै राजीनामा दिने बताइएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार ११:५३