सूचनाको शक्ति - The Power Of Information

        

रौतहटका एक वृद्धको नारायणी अस्पतालमा मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी

प्रतिकात्मक तस्वीर

वीरगञ्ज । रौतहटबाट ल्याइएका एक विरामीको वीरगञ्जमा मृत्यु भएको छ ।

राजदेवी नगरपालिका–७ मुडवल्वाका ८० वर्षीय वृद्धको नारायणी अस्पतालमा उपचारको क्रममा बुधबार साँझ ६ः३० बजे मृत्यु भएको डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

उनको पीसीआर परीक्षण रिपोर्ट आउन बाँकी छ । सास फेर्न गाह्रो भएर वीरगञ्ज ल्याइएका उनलाई तराई हस्पीटलमा भर्ना गरिएको थियो ।

कोरोनाको शंका लागेपछि तराईले नारायणीमा पीसीआर परीक्षणका लागि पठाएकोमा त्यहीँ उनको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार १०:२८