सूचनाको शक्ति - The Power Of Information

        

महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत ३२ प्रहरीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत ३२ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा वृत्तभित्रै रहेका २३ जनपद प्रहरी र ९ जना ट्राफिक प्रहरी रहेका छन् ।

संक्रमितहरुमध्ये दुई जना २ जना इन्सपेक्टर समेत रहेको महानगरीय प्रहरी परिसरका एक अधिकारीले जानकारी दिए ।

काठमाडौंमा एकै वृत्तमा यति ठूलो संख्यामा कोरोना संक्रमण पुष्टि भएको यो पहिलो कार्यालय बनेको छ ।

कोरोना संक्रमणको जोखिम बढेसँगै काठमाडौं उपत्यकाका प्रहरीमा पनि कोरोना संक्रमणको बढ्दै गईरहेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार १०:०४