सूचनाको शक्ति - The Power Of Information

        

अब १२ मिनेटमै कोरोना परीक्षणको नतिजा

बाँके । बेलायतको लुमिराडीएक्सले १२ मिनेटमा कोरोना परीक्षण गर्न सकिने टेस्ट किट बनाएको छ । स्वास्थ्य उपकरण बनाउने लुमिराडीएक्सले बनाएको यो टेस्ट किट सजिलो र भरपर्दो रहेको दाबी गरिएको छ ।

अहिले स्वÞाब टेस्टबाट कम्तिमा ९० मिनेटमा नतिजा आइरहेकोमा यो टेस्ट किटले १२ मिनेटमा नै नतिजा दिने दाबी गरिएको छ । यस टेस्ट किटलाई अमेरिकाको फेडरल ड्रग्स एड्मिनिस्ट्रेसनले अनुमति दिइसकेको छ भने युरोपमा भने अनुमतिको अन्तिम चरणमा रहेको बताइएको छ ।

यसलाई स–साना क्लिनिक र मोबाइल टेस्टमा समेत सजिलै प्रयोग गर्न सकिने बताइएको छ । स्कटल्याण्डले लुमिराडीएक्ससँग ५ लाख परिक्षणका लागि ३ सय टेस्ट किट मेशिनको सम्झौता गरेको छ ।

लुमिराडीएक्सक प्रमुख कार्यकारी अधिकृत रोन जवानजिगरले यस टेस्ट किटको नतिजा छिटो मात्र आउने नभएर नतिजा भरपर्दो समेत रहेको बताएका छन् । उनले यसको आधारमा संक्रमितको उपचार छिटो हुने र अन्यलाई संक्रमण सर्नेक्रम पनि रोक्न सहयोगी हुने बताएका छन् । एजेन्सी

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार ०७:२४