सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाबाट शेर्पा संघ बेलायतका अध्यक्षको मृत्यु

काठमाडौँ । पूर्व ब्रिटिस गोरखा सैनिक तथा शेर्पा संघ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ।

भोजपुरको षडानन्द नगरपालिका स्थायी घर भएका ५१ वर्षीय शेर्पाको सोमबार लण्डनको सेन्ट थोमसेज हस्पिटलमा उपचारका क्रममा निधन भएको शेर्पा संघ बेलायतका पूर्व महासचिव योन्तेन ग्याछोले जानकारी दिए।

उनी तीन छोरा र श्रीमतीसँग बेलायतको आसफोर्डमा बसोबास गर्दै आएका थिए। उनका बुवाआमा भने नेपालमै छन्। सुरुमा उनलाई आसफोर्ड केन्टको विलियम हार्भे अस्पतालमा भर्ना गरिएको थियो।

त्यहाँ कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सेन्ट थोमसेस हस्पिटलमा सारिएको थियो। उनको कलेजोमा पनि समस्या देखिएको थियो। पूर्व ब्रिटिश गोरखा सैनिक शेर्पाले सेभेन्थ गोरखा राइफल्सको टुआरजीरआरमा सेवा गरेका छन्।

उनी संघको दोस्रो कार्यकाल अध्यक्ष पदमा कार्यरत थिए।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलवार ०८:०७