सूचनाको शक्ति - The Power Of Information

        

सुनचाँदीको मूल्य निरन्तर घट्दो, कति छ आज ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन प्रतितोला ५०० ले घट्दै ९७ हजार ९०० मा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेको छ । चाँदी आज १,३२० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

आइतबार पनि ४०० सयले सुनको मूल्य घटेको थियो । गत हप्ता सुनमा घटबढ भइरहेको थियो । मंगलबार २२ सयले बढ्दै सुन प्रतितोला १ लाख ४ सयमा कारोबार भएको थियो ।

बुधबार मूल्यस्थिर रहेको थियो । विहिबार सुनको मूल्यमा १६ सयले गिरावट आएको थियो । शुक्रबार स्थिर रहेको सुनको भाउ यो साताको पहिलो दिन ४०० ले घटेको हो ।

गत साउन २३ गते नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । त्यस दिन १ लाख ३ हजार ५०० मा कारोबार भयो । मूल्य बढ्दै गए पछि अहिले कारोबार भने घटेको छ । सुन बजार सुनसान देखिन्छ ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार १०:५०