सूचनाको शक्ति - The Power Of Information

        

तीजको व्रत लिँदै गायक प्रमोद खरेल

काठमाडौं । सामान्यतया तीजमा श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै महिलाले व्रत लिने चलन छ । तर गायक प्रमोद खरेलले श्रीमतीका लागि तीजको व्रत बसेका छन् । गायक खरेलले यसअघि हरेक वर्ष तीजमा आफ्ना लागि श्रीमतीले व्रत लिएको तर यसपालि उनी बिरामी भएका कारण उनका लागि चाहिँ आफूले व्रत बसेको जानकारी ट्विटमार्फत दिएका हुन् ।

‘श्रीमतीले आजका दिन सधैँ श्रीमानको लामो आयुका लागि व्रत बस्छन्, तर उनी बिरामी भएको ३ महिना भयो, सुधार धेरै भए पनि उनी यसपालि सक्दिनन्, यसपाली म उनको लागि किन नबस्ने ?’ ट्विटमा गायक खरेलले लेखेका छन्, ‘यसपाली मैले उनको लागि व्रत बस्दैछु ।’ खरेल दम्पतिलाई दोस्रो सन्तानका रुपमा पुत्रीलाभका क्रममा आमा र शिशुको स्वास्थ्यमा समस्या उत्पन्न भएको थियो । खरेलकी श्रीमती दीपा अहिले स्वास्थ्यलाभ गरिरहेकी छन् ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार १०:१९