सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ११५ पुग्यो

काठमाडौं । नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मोरङ बुडीगंगा-२ की ६७ वर्षीय महिलाको मृत्यु भएको हो।

उनको मंगलबार साँझ ४:४५ मा मृत्यु भएको अस्पतालले जनाएको छ। विराट मेडिकल कलेजबाट मंगलबार प्रतिष्ठानमा रेफर भएकी ती संक्रमित महिलामा अत्यधिक खोकी, श्वास फेर्न समस्या र ज्वरो आएको थियो।

उनमा मुटुको दीर्घ समस्या पनि थियो। यो सहित नेपालमा कोरोना संक्रमितको मृत्युको संख्या ११५ पुगेको छ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार ०७:४४