सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रकवि घिमिरेको १०१ वर्षमा निधन

राष्ट्रकवि घिमिरेले लगाएको गुण नेपाली जनताले भुल्ने छैनन्ः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको दुःखद निधनमा श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

‘उहाँको अवसानबाट नेपालले साहित्य र वाङमयका एक विशिष्ट साधक गुमाएको छ,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमा भनेका छन्, ‘साहित्यमार्फत उहॉले मुलुकलाई लगाउनु भएको गुण नेपाली जनताले कहिल्यै भुल्ने छैनन्।’

शोकको यस क्षणमा आफूले कवि घिमिरेप्रति उच्चसम्मान र श्रद्धाञ्जलि व्यक्त गरेको प्रधानमन्त्रीले जनाएका छन्। ‘साथै शोक सन्तप्त परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ प्रधानमन्त्रीले भनेका छन्।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलवार २१:०९