सूचनाको शक्ति - The Power Of Information

        

सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै

काठमाडौं । सुदूरपश्चिममा आज (भदौ १ गते) ओल्केपर्व मनाइँदैछ । पिँडालुको हरियो पात ‘गाभा’ लाई आजको दिन विशेष महत्वका साथ घरघरमा भित्र्याएर त्यसको परिकार बनाई खाने प्रचलन छ।

आजको दिन घरमा शान्तिको कामना गर्दै आँगनमा गाभा फाल्ने प्रचलन छ। यसै गरी बाली सप्रियोस् भनेर खेतमा हरिया ‘गाभा’ तथा अन्य फलका हाँगा ओलक हाल्ने चलन छ।

सुदूरपश्चिमका पहाडी जिल्लामा ओलकका रुपमा पिँडालुको ‘गाभा’, सँगै सियो तथा फलामबाट बनेका सामग्री घरको आँगनमा राख्ने प्रचलन रहँदै आएको छ।

साउने झरी सकिए लगत्तै दैवी प्रकोपबाट बाँचिएको खुसियालीमा सुदूरपश्चिमका पहाडी समुदायमा ओल्के पर्व मनाइन्छ । यहाँ साउनको अन्तिम दिन र भदौको पहिलो दिनमा विशेष महत्वका साथ ओल्के पर्व मनाइन्छ।

ओल्के पर्वलाई वर्षकै जेठो पर्वका रुपमा मनाइने गरिन्छ । ‘ओल्के’ पर्वलाई आफूसँग भएको मिठो मसिनो खानेकुरा अरुलाई बाँड्ने पर्वका रुपमा मनाइने गरेको छ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार ०९:०९