सूचनाको शक्ति - The Power Of Information

        

म्यान्चेस्टरको युरोपा लिगको उपाधि जित्ने यात्रा टुंगियो

काठमाडौं ।  इंग्लिश क्लब म्यान्चेस्टर युनाइटेडको युरोपा लिगको उपाधि जित्ने यात्रा टुंगिएको छ ।

गएराति भएको खेलमा सेभियाले म्यान्टेस्टरलाई २–१ गोलअन्तरले पराजित गरेसँगै म्यान्चेस्टरको उपाधिको यात्रा टुंगिएको हो ।

ब्रुना फर्नान्डेजले नवौं मिनेटमा पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अघि बढाएका थिए । मार्कुस रासफोर्डलाई डिएगो कार्लोसले फल गरेपछि युनाइटेडले पेनाल्टीको अवसर पाएको थियो ।

तर लिभरपुलका पूर्व विङ्गर फर्नान्डेज सुसोले २६ औै मिनेटमा खेल बराबरीमा ल्याए । ७८ औं मिनेटमा डी जोङले सेभियाका लागि विजयी गोल गरेका थिए ।

प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाइटेडको यस सिजन समेत ठूलो उपाधि जित्ने सम्भावना सकिएको छ । उसले यस सिजनमात्र तीन प्रतियोगितामा सेमिफाइनलमा पराजित भएको छ ।

सेभियाले उपाधिका लागि अब सख्तर डोनेस्क र ईन्टर मिलानबीचको विजेतासँग खेल्नेछ । एजेन्सी

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार ०८:५८