सूचनाको शक्ति - The Power Of Information

        

बिहेको आश देखाएर बालिकालाई बलात्कार

सल्यान । ललाइफकाई विवाह गर्छु भनी प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोपमा सल्यान प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको शारदा नगरपालिका–६ बरलाका २७ वर्षीय प्रकाश परियारलाई प्रहरीले बलात्कार अभियोगमा पक्राउ गरेको हो ।

सल्यान कालिमाटी गाउँपालिका ३ स्थायी घर भई शारदा नगरपालिका ६ मा बस्दै आएकी १२ वर्षीया बालिकालाई उनले बलात्कार गरेका प्रहरीको आरोप छ । २५ गते राति बरलाको दौरेडाँडा भन्ने ठाउँमा जबरजस्ती करणी गरेको सूचना पाएपछि पक्राउ गरिएको छ ।

विवाह गर्छु भनी प्रलोभनमा पारी बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानमा सूचना अधिकारी उमाकान्त जोशीले जानकारी दिए । उनका अनुसार परियारलाई पक्राउ गरी जिल्ला अदातलबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार १५:५२