सूचनाको शक्ति - The Power Of Information

        

सेती नदीमा हाम फालेर एक जना बेपत्ता

बझाङ । सेती नदीमा हाम फालेर एक जना बेपत्ता भएका छन् । मंगलबार दिउँसो सदरमुकाम चैनपुर बजार नजिकैको डुङग्री पुलको छेउबाट हाम फालेका बैतडीको बाजपानी घर भएका २४ बर्षिय मानबहादुर बिष्ट बेपत्ता भएका छन् । प्रत्यक्षदर्शीका अनुसार उनी नदी किनारको ढुङगामा बसेर फोन गरिरहेका थिए ।

फोन गर्दागर्दै एक्कासी हाम फालेका हुन् । उनी बझाङको मष्टा गाउँपालिकाका हरी धामीको जीप चलाउँदै आएको बताइएको छ । यसअघि आइतबार राती पनि बिष्टले पुलबाट हामफाल्ने कोसिस गर्दा प्रहरीले बचाएको थियो । घटनाको विषयमा अनुसन्धान भइरहेको र बेपत्ता बिष्टको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार ०९:१२