सूचनाको शक्ति - The Power Of Information

        

गोंगबु हत्याकाण्ड

‘जोजो अपरेशन’ : अण्डकोषमा हम्मरले हानेर यसरी भएको थियो विभत्स हत्या

काठमाडौं । टोखा नगरपालिका १० गोंगबुमा दाङका कृष्णबहादुर बोहराको विभत्स हत्याको कारण खुलेको छ । प्रहरी स्रोतका अनुसार हत्याको कारण यौन रहेको पाइएको छ । ती महिलाले स्लिपिङ ट्यावलेट खुवाइ लठ्ठिएपछि हम्मरले अण्डकोषमा हानेर बोहराको बीभत्सरुपमा हत्या गरेको खुल्न आएको छ ।

हत्या आरोपमा चितवनबाट पक्राउ परेकी महिला कल्पना शाहीले बोहराले आफूलाई ‘सेक्सुअल ह्यारेसमेन्ट’ गरेकाले सहन नसकेर हत्या गर्न बाध्य भएको बयान दिएकी छिन् । उनले प्रहरीसामु बयानका क्रममा भनेकी छन्, ‘ममाथि पटकपटक सेक्सुअल ह्यारेसमेन्ट भयो । त्यो सहन नसकेपछि अन्तिममा हत्या गर्न बाध्य भएँ ।’

महानगरीय प्रहरी परिसर र महानगरीय अपराध नियन्त्रण महाशाखाले गरेको प्रारम्भिक अनुसन्धानमा पूर्वीचितवनकी कल्पना मुडभरी पौडेल एक्कैलै ती पुरुषको हत्या गरेकी हुन् । शव व्यवस्थापनमा भने उनले आफ्नै छोरीलाई साथसमेत लिएको खुलेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए ।

शाहीले बोहरालाई सुरुमा अण्डकोषमा हम्मरले हानेर हत्या गरेको बताएकी छिन् । किला ठोक्न प्रयोग हुने हम्मरले बोहराको संवेदनशील अंग अण्डकोषमा हानेर हत्या गरेको उनले बताएकी हुन् । अण्डकोषमा चोट र नीलडामसमेत देखिएको प्रहरीले जनाएको छ । हम्मरले हानेर मारिसकेपछि शाहीले खुकुरीले बोहराको घाँटी र खुट्टा काटेको बयान दिएकी छिन् ।

सुटकेशमा लाश नअट्ने भएपछि घाँटी र खुट्टा काट्नु परेको शाहीले बताएको स्रोतले जानकारी दिएको छ । घाँटी र खुट्टा काटेपछि सुटकेश र जेब्रा झोलामा प्याक गरेर शवको व्वस्थापन गरिएको र त्यसका लागि उनकी १५ वर्षीया छोरीले समेत सहयोग गरेको पाइएको स्रोतले जानकारी दियो ।

विभत्स तरिकाले गरिएको हत्यामा प्रयोग भएका विभिन्न सामानहरु प्रहरीले बरामदसमेत गरेको छ । हम्मर प्रहरीले बरामद गरेको छ भने हत्यामा दुई वटा खुकुरीको प्रयोग भएको पाइएको र ती पनि बरामद भएको जनाइएको छ । ‘एउटा खुकुरी घटनास्थल फेला परिसकेको थियो अर्को खुकुरी अभियुक्त पक्राउ परेपछि बरामद भएको छ,’ प्रहरीले भनेको छ ।

त्यसैगरी हत्या गर्ने बेलामा प्रयोग भएको पन्जा पनि प्रहरीले बरामद गरेको छ । पन्जा बिना हत्या गर्दा खुकुरीको बिँडमा फिंगर प्रिन्ट रहने र अभियुक्त पत्ता लाग्ने भएकाले पन्जा लगाएर हत्या गरेको पाइएको छ । हत्यामा प्रयोग भएको पन्जा पनि प्रहरीले बरामद भएको छ । मृतकको कपडा पनि बरामद भएको छ ।

जोजो नामको कुकुरको सहयोगमा अनुसन्धान गरिएकाले प्रहरीले उक्त घटनाको अनुसन्धानलाई ‘जोजो अपरेशन’को नाम दिएको छ । घटना साउन २४ गते रातिको हो । साउन २५ गते टोखा नगरपालिका–१० गोङ्गबुस्थित नवज्योती मार्गमा सुटकेशभित्र रगतजस्तो पदार्थ बगिरहेको भन्ने जानकारी प्राप्त भएपछि परिसर र महाशाखाबाट अनुसन्धानका लागि टोली खटिएको थियो ।

उक्त सुटकेश खोलेर हेर्दा भित्र टाउको र खुट्टा नभएको अवस्थामा शव फेला परेको थियो । घटनाको अखनुसन्धानका क्रममा चितवनको कालिका नगरपालिका–७ घर भई हाल टोखाको सोही क्षेत्रमा बस्ने ३७ वर्षीय कल्पना मुडभरी पौडेलले घटना घटाएको रहस्य खुलेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक थापाले जानकारी दिए ।

प्रहरीले साउन २६ गते नै उनलाई चितवन प्रहरीको सहयोगमा माइतीमा रहेको बेला कालिका नगरपालिका–९ शक्तिखोरबाट पक्राउ गरेको थियो । विगत केही वर्षदेखि श्रीमानको सम्पर्कबाट बाहिर रहेकी उनी छोरा र छोरीको साथमा काठमाडौँ बस्दै आएकी थिइन् । यसअघि उनी अभिनयसमेतमा संलन्न थिइन् तर अहिले गृहिणीका रुपमा रहेको बताइएको छ ।

पक्राउपछि कृष्णबहादुर बोहोराको हत्यामा संलग्न कल्पना मुडभरी

यसरी भयो ‘जोजो अपरेशन’

साउन २५ गते विहान रातो प्लाष्टिकले बेरेको नाम्लोसहितको कालो रङ्को सुटकेसभित्र टाउको र खुट्टा नभएको शव फेला पररेको थियो । तत्काल जोजो नामको तालिमप्राप्त कुकुर परिचालन गरी घटनाको अनुसन्धानमा प्रहरी लाग्यो । तत्कालै कुकुरले सुटकेश भेटिएको अन्दाजी ३०० मिटर पूर्वउत्तरस्थित स्वर्गद्वारी मार्गको खाली जमिन छेउमा टाउको र खुट्टा पोको पारेर फालेको अवस्थामा फेला परेको थियो ।

मृतकको पहिचान नखुलेपछि प्रहरीले पहिचानका लागि तस्वीर सार्वजनिक गर्यो । साउन २६ गते नै बोहराका मामा पर्नेले उनको सनाखत गरेको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवाली बताउछन् । उनको घर रोल्पाको रुन्तीगढी गाउँपालिका–७ हो । हाल गोङ्गबुस्थित एक होटलमा बस्दै आएका थिए । उनी गार्मेन्टको सामान थोक बिक्री वितरणमा संलग्न थिए ।

प्रहरीको अनुसन्धान उनी विगत आठ महिनादेखि उक्त होटलमा बस्दै आएको खुलेको छ । उनीहरु बीच तीन–चार वर्षदेखिको फेसबुकमार्फत चिनाजान रहेको पत्ता लागेको छ । अनुसन्धानका क्रममा मृतक बोहराले अभियुक्तको फोटो राखी नक्कली फेसबुक आइडी बनाएर चलाउने गरेको र महिलालाई आफू अनुकूल हिंड्नका लागि दवाव दिने गरेको खुल्न आएको एसएसपी थापाले बताए ।

उनका अनुसार छोरीलाई समेत उनले आँखा लगाउने गरेका थिए । तर, हत्यामा त्यतिमात्रै कारण भन्नेमा प्रहरी ढुक्क छैन । अन्य कुरा अनुसन्धानपछि मात्रै खुल्ने जनाइएको छ । घटनास्थलको दिनमा त्यही होटलमा बा ७२ प ५६४४ नम्बरको स्कुटरसमेत फेला परेपछि प्रहरीलाई तथ्य खोज्न सहज भएको थियो । घटना भएको दिन राति महिलाले आफ्नै कोठामा बोलाएर मदिरासहित दही, चिउरा मासुसमेत खान दिएको खुल्न आएको छ ।

दहीमा पाँच वटा निद्रा लाग्ने औषधी मिसाएर खुवाएकी थिइन् । त्यसपछि बोहरा लठ्ठिएर सुतेपछि फलामको हम्मरले अण्डकोषमा हानेर मारेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । त्यसपछि सलले बाँधी धारिलो हतियार प्रयोग गरी टाउको र खुट्टा छिनाइ झोलामा राखेर आफैँले फ्याँकेको महिलाले बयान दिएकी छिन् । उनले घटना स्वीकार गरेको र अन्य पाटो भने अनुसन्धानको क्रममा रहेको एसएसपी थापाले बताए ।

शव व्यवस्थापनमा कठिनाई भएपछि छोरीलाई पनि संलग्न गरिन् । पानी परेकाले छोरीलाई छाता ओढाउन लगाए उनले सुटकेस बोकेर उनी त्यहाँ सुटकेस फ्याँकेर फर्किएकी थिइन् । भोलिपल्ट चिनेको एम्बुलेन्समार्फत उनी चितवन फर्किएको खुलेको छ । त्यो एम्बुलेन्स आफ्नो नातेदार रहेको बुझिए पनि यकिन नभएको प्रहरीले जनाएको छ । घटना सबै घरभित्र घटाएर एक्लै शव व्यवस्थापन गर्न नसक्दा छोरीको सहयोग लिनुपरेको उनले बयान दिएकी छिन् ।

प्रहरीले घटनामा प्रयोग भएको धारिलो हतियार, ह्याम्बर, रगत लतपतिएको पञ्जा म्याट्रेस, मृतकका कपडा, स्लिपिङ ट्यावलेटका खोल, मोबाइल सेट बरामद गरेको छ । आज घटनाबारे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै प्रहरीले कर्तव्यज्यान मुद्दामा अनुसन्धान थालेको जनाएको छ । पैसाको लेनदेनको विषयमा भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हत्या गरिएका कृष्णबहादुर बोहोरा

महिलाबाहेक अरुको संलग्नता छैन

एक महिलाले कसरी एक्लै हत्या गर्न र लाश व्यवस्थापन गर्न सम्भव छ ? यो प्रश्न निकै पेचिलो बनेको भन्दै प्रहरीले पक्राउ परेकी महिलामाथि केरकार गरेको थियो । तर विभिन्न अनुसन्धानले शाहीको मात्रै संलग्नतामा हत्या भएको देखिएको अनुसन्धान अधिकारी बताउँछन् । हालसम्मको अनुसन्धानले हत्यामा उनीबाहेक अरुको संलग्नता नदेखिएको प्रहरीले बताएको छ ।

‘पक्राउ परेकी महिलाले पनि आफू एक्लैले हत्या गरेको बताएकी छिन्,’ अनुसन्धानमा संलग्न महानगरीय प्रहरी अपराध महाशाखाका एक अधिकारीले भने । हत्या महिला एक्लैले गरेकाले अनुसन्धानको अन्तिम चरणमा पुगिसकेको प्रहरी अधिकारीले बताएका छन् । आइतबार बिहान टाउको, खुट्टा र जीउ छुट्ट्याएको अवस्थामा दुई स्थानबाट शवका टुक्रा बरामद भएका थिए ।

तर उक्त शव कसको भन्ने प्रहरीले छुट्याउन सकेको थिएन । सोमबार दिँउसो भने उक्त शवको सनाखत भएको थियो । बोहराको हत्या गरी टाउको र खुट्टा जेब्रा झोलामा हालेर फालिएको थियोे भने शरीर सुटेकशमा प्याक गरेर फालिएको अवस्थामा भेटिएको थियो । आइतबार बिहान स्थानीयले झोलामा रगत लतपतिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । भित्री वस्त्रमात्रै लगाएको र गुप्ताङ्गमा समेत निलडाम भएको अवस्थामा शव भेटिएको थियो ।

किन भयो हत्या ?

मृतक कृष्णबहादुर बोहोरा र कल्पना मुडभरीबीच ३–४ वर्षअघि सामाजिक सञ्जाल फेसबूकमार्फत चिनजान भएको थियो । कृष्ण समय–समयमा कल्पनाको कोठामा आइरहन्थे । केही टेलीशृंखलामा खेल्दै आएकी कल्पना र बोहोराबीच चिनजान हुँदा बोहरा विदेशमा थिए । बोहोराले कल्पनाको फोटो राखेर फेसबूक आईडी खोलेर चलाउँदै आएका थिए ।

आफूले भनेको अनुसार चल्न भनेर बोहोराले कल्पनालाई दबाब दिँदै आएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । शनिवार राति मृतक बोहोरा आफू बस्दै आएको बसपार्कको होटलबाट बा७२प ५६४४ नम्बरको स्कुटीमा कल्पनाको कोठामा आएका थिए । कोठामा आएपछि कल्पनाले बोहोरालाई दही, चिउरा, मासु, र भोड्का खुवाइन् ।

कल्पनाले दहीमा निद्रा लाग्ने औषधि (सिल्पिङ ट्याब्लेट) राखेर लठ्ठ पारेको प्रहरी अनुसन्धानमा खुलेको मंगलवार आयोजित पत्रकार सम्मेलनमा प्रहरीले जानकारी दिएको छ । बोहरालाई लठ्ठ पारेपछि कल्पनाले हतौडाले अण्डकोषमा हानेको र सलले घाँटीमा थिचेर हत्या गरेको बयानबाट खुलेको प्रहरीले जनाएको छ ।

हत्या गरेपछि बोहोराको शवलाई टुक्रा–टुक्रा पारेर फालिएको थियो । शवका टुक्रा फालेपछि चिनजानका व्यक्तिको एम्बुलेन्समार्फत आइतवार बिहानै कल्पना चितवनको कालिका नगरपालिका–७ घर गएर बसेकी थिइन् । प्रारम्भिक अनुसन्धानबाट कल्पना र कुष्णबहादुरबीच शारीरिक सम्बन्ध तथा लेनदेन हुने गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलवार १९:००