सूचनाको शक्ति - The Power Of Information

        

अख्तियारका प्रमुख आयुक्तलाई कोरोना संक्रमण

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे कोरोना संक्रमित भएका छन् । सोमबार गरिएको कोरोना परीक्षणमा उनी कोरोना संक्रमित देखिएको स्रोतले जनाएको छ ।

अख्तियारका केही कर्मचारी र सुरक्षाकर्मी कोरोना संक्रमित भएपछि अख्तियारका प्रमुख आयुक्त, आयुक्तहरुलगायत कर्मचारीको सोमबार कोरोना परीक्षण गरिएको थियो । नेपालमा संक्रमितहरुको संख्या बढ्दै गएपछि उच्चपदस्थहरु पनि संक्रमित हुन थालेका छन् ।

हालै प्रदेश नम्बर २ का मन्त्री ज्ञानेन्द्र यादव पनि कोरोना संक्रमि भएका थिए । यस्तै सांसद प्रदीव यादव, पकर्णाली प्रदेशका प्रदेशसभा सदस्य जीवनबहादुर शाही, वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलगायत पनि कोरोना संक्रमित भइसकेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलवार १८:१९