सूचनाको शक्ति - The Power Of Information

        

धनुषामा ट्राभल हिस्ट्री नभएका कोरोना संक्रमितको मृत्यु

प्रतिकात्मक तस्वीर

धनुषा । कोरोना संक्रमणबाट धनुषामा थप एकजनाको मृत्यु भएको छ।

जिल्लाको विदेह नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए ।

प्रादेशिक अस्पतालको कोभिड १९ विशेष अस्पताल जनकपुरधाममा करिब २० दिन देखि आइसीयूमा उपचाररत रहेका ती पुरुषको गए राति कोरोनाको कारण मृत्यु भएको हो। मृतकको ट्राभल हिस्ट्री भने छैन ।

प्रमुख जिल्ला अधिकारी भट्टराईका अनुसार धनुषामा समुदाय स्तरमा कोरोना फैलिसकेको छ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलवार ०९:१३