सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेका ६३ जनासहित एकैदिन ३३८ जनामा कोरोना, कुन जिल्लामा कति ?

बाँके । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित भेटिएका हुन् ।

आजै बाँकेका ६३ जनामा कोरोना पुष्टि भएको छ । आजै काठमाडौंमा मात्रै ३६ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै ललितपुरमा ४ जना संक्रमित थपिएका छन् भने भक्तपुरमा पनि ४ जना थपिएका छन् । आज उपत्यकामा थपिएको संक्रमित संख्या ४४ पुगेको छ ।

कुन जिल्लामा कति ?

यसबाहेक झापाका १ जना, खोटाङका २ जना र मोरंगका १४ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै, धनुषाका १३, महोत्तरीका ३, बाराका १, पर्साका २१ जना, काठमाडौंका ३६, ललितपुरका ४, नुवाकोटका ३, रौतहटका ३१ जनामा कोरोना भेटिएको छ ।

त्यस्तै, सर्लाहीका २१ जना, सिन्धुपाल्चोकका १ जना, बाराका २ जना, मकवानपुरका २३ जना, सिन्धुलीका ६ जना, अछामका १ जना, अर्घाखाँचीका १ जना, बाग्लुंगका १ जना, बर्दियाका २, भक्तपुरका ४, चितवनका १, दांगका ५, गोरखाका ३, कपिलवस्तुका ११, पाल्पाका १, रामेछाप १ र पर्सा १ जनामा पनि कोरोना भेटिएको छ ।

यस्तै, स्याङ्जाका १, तनहुँका २, नवलपरासी पूर्वका २ जना, प्यूठानका १५, रुपन्देहीका १, कैलालीका ७, सल्यानका ७, रोल्पाका १, र सुर्खेतका १ जनामा पनि कोरोना पुष्टि भएको छ। मन्त्रालयका अनुसार दैलेखका १७ जना र बैतडी र बझाङका १÷१ जनामा कोरोना पुष्टि भएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार १७:५३