सूचनाको शक्ति - The Power Of Information

        

प्रलोभन देखाएर १५ वर्षीया किशोरीमाथि बलात्कार

सांकेतिक तस्वीर

दाङ । काम दिने प्रलोभन देखाएर किशोरीमाथि बलात्कार गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । जिल्लाको शारदा नगरपालिका–१ का ४५ वर्षीय हिमलाल बुढाथोकीले सोही नगरपालिका–१२ की १५ वर्षीया एक किशोरीलाई आफ्नो होटेलमा काम दिने प्रलोभन देखाएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

साउन २३ गते बेलुका साढे ८ बजे बुढाथोकीले ती किशोरीलाई ललाइफकाई दारिमचौरको जंगलमा लगेर जबरजस्ती करणी गरेका थिए । प्रहरीमा जाहेरी परेपछि उनलाई पक्राउ गरिएको बताइएको छ । प्रहरीले बुढाथोकीलाई शनिबार पक्राउ गरे पनि आइतबारमात्रै जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार १७:४०