सूचनाको शक्ति - The Power Of Information

        

दक्षिण कोरियामा बाढी: ३० को मृत्यु, १२ बेपत्ता

काठमाडौं । दक्षिण कोरियामा केही दिनदेखि अत्याधिक वर्षा हुँदा आएको बाढीबाट ३० जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएका छन् ।

गत हप्तादेखि मनसुन सक्रिय हुँदा बाढी आएको हो । बाढीका कारण पछिल्ला ३ दिनमा १३ जनाले ज्यान गुमाएका छन् भने २ जना बेपत्ता भएका छन् ।

बाढीका कारण देशभरका ११ प्रान्तमा ६ हजार परिवार घरवार विहीन भएका छन् । ४ हजार ६ सय परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

बाढीले देशभर ९३ हजार हेक्टर जमिन डुबेको छ । कोरियाली प्रायद्वीपमा आज आउनसक्ने सामुद्रीक आँधीका कारण थप वर्षा हुने भएकाले सतर्क रहन यहाँको सरकारले सबैलाई अपील गरेको छ ।

आँधीले कोरियाली प्रायद्वीपको दक्षिणी क्षेत्रमा बढी प्रभाव पार्ने बताईएको छ । आँधीपछि अत्यधिक वर्षा हुने भएकाले थप सतर्क रहन आग्रह गरिएको छ । एजेन्सी

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार ०९:२९