बाँके । नेपाल आयल निगम इन्धन डिपो नेपालगन्ज परिसरमा देवी दुर्गा माता मन्दीर निर्माण भएको छ । भवनिर्मित मन्दिरको आज पुजाआजासहित उद्घाटन गरिएको छ । इन्धन डिपो प्रमूख नवविनोद पोख्रेलले मन्दीरको उद्घाटन गरेका छन् ।
झण्डै साढे तीन लाख रुपैयाँको लागतमा निर्माण गरिएको मन्दीरमा दुर्गादेवीको मूर्ति पनि राखिएको छ । डिपो प्रमूख पोख्रेलसहित हवाई इन्धन डिपो प्रमूख मनोहर डिसी, उपप्रबन्धक अजितकुमार पोख्रेल लगायत कार्यालयमा कार्यरत कर्मचारीहरुले सामुहिक पूजाअर्चना गर्दै विधिवतरुपमा मन्दीर उद्घाटनमा सहभागी भएका थिए ।
मन्दीर निर्माणका लागि कर्मचारी परिवार इन्धन डिपो नेपालगन्जले ९१ हजार ४६१, ग्याँस व्यवसायी नेपालगन्जले ५० हजार, कर्मचारी परिवार हवाई इन्धन डिपो नेपालगन्जले ३५ हजार ८७६, मध्यपश्चिम पेट्रोलियम डिलर्स एसोसिएसन बाँकेले ३१ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
त्यस्तै राप्ती अञ्चल पेट्रोलियम डिलर्स एसोसिएसन दाङ्गले २५ हजार ५५५ र मध्यपश्चिम पेट्रोलियम ढुवानी व्यवसायी संघ बाँकेले २५ हजार ५००, कर्मचारी परिवार इन्धन डिपो दाङ्गले २५ हजार रुपैयाँ र अन्य सहयोग दाताले जिन्सी सहयोगसमेत प्रदान गरेको डिपो प्रमूख पोख्रेलले जानकारी दिएका छन् ।
सत्यपाटी ।