सूचनाको शक्ति - The Power Of Information

        

‘रातीसम्मै भारी वर्षाको सम्भावना’

काठमाडौं । देशभर आइतबारको मौसममा सामान्यदेखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको मोसमविदले बताएका छन् । महाशाखाका अनुसार अहिले बिहान पनि कतिपय स्थानमा भारी वर्षा भइरहेको छ । देशका अधिकांश भूभागहरुमा सामान्यदेखि पूर्ण बदली रही भइरहेको छ ।

प्रदेश १ र प्रदेश २ का थोरै तथा बाँकी प्रदेशहरुका केही स्थानहरुमा वर्षा भइरहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम केही स्थानहरुमा भारी वर्षा पनि भैरहेको मौसमविदले जनाएका छन् । आइतबार राती पनि देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु साथै प्रदेश २ र बागमती प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतवार ०७:४१