बाँके । बाजुरामा पहिलो पटक आधुनिक गीतको म्यूजिक भिडियो छायांकन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका–१९ निवासी श्याम गिरी ‘रेडियो प्रेमी वान’को शव्दमा रहेको ‘हे माया तिमी कहाँ छौं कहाँ’ गीतको छायांकन भएको हो ।
गीतमा गायक भद्र वलीको स्वर रहेको छ भने निर्देशन राजेश पायल विकले गरेका छन् । म्यूजिक भिडियोमा राजेश पायल विक, मदन सुनार, मनिसा रोकाया र मधु विकले अभिनय गरेका छन् । म्यूजिक भिडियोको छायांकन तपेश जोनले गरेका छन् ।
सदरमुकाम मार्तडी र बडीमालिका नगरपालिकाको विरेखोला झरनामा म्यूजिक भिडियोको छायाकंन गरिएको गीतका रचनाकार श्याम गिरीले जानकारी दिए । उक्त म्यूजिक भिडियो साउनको दोस्रो सातासम्म दर्शकमाझ ल्याइने पनि गिरीले जानकारी दिए ।
सत्यपाटी ।