सूचनाको शक्ति - The Power Of Information

        

तौल घटाउन अष्ट्रेलिया पुगिन् बर्षा


काठमाडौं । चलचित्र ‘मिस्टर झोले’ रिलिजको संघारमा नायिका बर्षा राउत अष्ट्रेलिया पुगेकी छिन् । यो चलचित्रको प्रचारमा हिड्नु पर्ने नायिका अष्ट्रेलिया पुगेपछि कतिपयले आलोचना पनि गरेका छन् । तर, बर्षा भने यो आफ्नो पहिले नै तय भएको सेड्यूल बताउँछिन् । बर्षा अष्ट्रेलियामा २ महिना बस्नेछिन् । बर्षा २ महिनाका लागि किन पुगिन् त अष्ट्रेलिया ? नेपालमा तौल घटाउन नसकेपछि उनी अष्ट्रेलिया पुगेको चर्चा पनि चलेको छ । बर्षा केहि समयदेखि १० केजी तौल घटाएर फिट देखिने तयारीमा छिन् । तर, नेपालमा रहँदा उनी मुश्किलले पनि १ केजी घट्न सकिनन् । यसैले, २ महिना अष्ट्रेलिया बसेर स्लिम बन्ने उनको सोच छ ।
बर्षा आफू अष्ट्रेलिया आउनुको कारण यसलाई मात्र मान्दिनन् । एक आफन्तकोमा २ महिना काम परेकाले आफू आएको उनको भनाई छ । तर, आफ्नो १० केजी तौल घटाउने योजना रहेको पनि उनले सुनाइन् । प्राय चलचित्रमा सहनायिकाको रुपमा देखिएकी बर्षा अब लिड हिरोइनको रुपमा देखिने सोचमा छिन् । तर, धेरैले उनको तौललाई नै उनको कमजोरी मानिरहेका थिए । अष्ट्रेलियामा नै पुगेर उनी त्यो कमजोरी हटाउने तयारीमा लागेकी छिन् । दर्शकलाई त २ महिनापछि नेपाल फर्किने बर्षा र उनको स्लिम फिगरकै प्रतिक्षा हुनेछ । पिज्जा र मःम सर्वाधिक मन पराउने नायिकाले आफूलाई स्लिम बनाउन सफल होलिन् त, प्रतिक्षा गरौ ।

प्रकाशित मिति : १७ पुष २०७४, सोमबार ०६:२०