सूचनाको शक्ति - The Power Of Information

        

तिला नदीमा खस्यो जीप

जुम्ला । जुम्लाको तिला गाउँपालिका–२ लिही नजिकै तिला नदीमा जीप खसेको छ । जीप तिला नदीमा खसेपछि त्यसमा सवार यात्रुलाई स्थानीयले पौडी खेलर बचाएका छन् । जुम्लादेखि कालिकोट तर्फ जादै गरेको भे १ ज ८२० नम्बरको जीप खसेको हो ।

जीपमा चालकसहित तीन जना सवार थिए । कालिकोट तिलागुफा नगरपालिका–२ रतडाका ऐनबहादुर बोहोरा र हरीबहादुर बोहोरा जीपमा सवार रहेको स्थानीय शिक्षक रुनबहादुर रावतले बताए । उनले भने ‘घटना स्थलबाट जीप १०० मिटर तल बगेर गएको थियो ।’ स्थानीय हिरे रोकाया र धनमल रोकायाले नदीमा पौडी खेलर सकुशल उद्धार गरेका हुन् ।

उद्धार गरिएका यात्रुको सोही गाउँपालिकाको रारालिहिस्थित स्थानीय शिखा स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख लालबहादुर धामीले बताए । तातोपानी गाउँपालिका–१ का जनक नेपाली सवारी चालक प्रहरीको नियन्त्रणमा रहेको र सो जीपको स्टेरिङ जाम भएपछि घटना भएको हुनसक्न प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार ०७:५४