बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलिले मंगलबार उनिहरुलाई नेपालगन्ज उपमहानगरपालिकाको मसानघाट नजिकबाट नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक सुवास खड्काले विशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलिले जानकी गाउपालिका–६ का ३३ बर्षिय पुजारी हरिजन र सोहि ठाँउका २९ बर्षिय शैलेन्द्र तमोलीलाई १ (एक) ग्राम लागु औषध ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो । ब्राउनसुगरसहित प्रहरी नियन्त्रणमा परेका हरिजन र तमोलीमाथि आवश्यक अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
सत्यपाटी ।