इटहरी । लकडाउनको समयमा घर आएका एक हत्या अभियक्त फटाहा कान्छा भनिने प्रेम मोक्तानलाई इटहरी प्रहरीले समातेको छ । हत्या गरेको १९ बर्षपछि प्रहरीले खोज्न नसक्ने ठान्दै मोक्तान फर्किएका थिए ।
४ वैशाख ०५८ मा सुनसरीको ईटहरी उपमहानगरपालिका–९ चौकदेखि पूर्वपट्टीको सडक उत्तर प्याराडाईज रेष्टुरेन्ट एण्ड पुल हाउसमा इटहरी –१ का रोशन चौधरीलाई छुरा प्रहार गर्ने मध्येका एक हुन्, मोक्तान ।
मोक्तान मोरङको हाल सुन्दर हरैचा–६ महेश्वमर मार्ग टोलका हुन् । अर्को अभियुक्त रमित मोक्तान भने फरार रहेका छन् ।
अपराध गर्नेलाई प्रहरीले निगरानीमा राख्दै भन्ने हुँदैन, खोजी सूचीमा भएका अभियुक्तलाई गम्भिरताका साथ खोजीनीति भइरहन्छ’, इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख नायव उपरिक्षक (डिएसपी) धर्मराज भण्डारी भन्छन् ।
हामी कानुन कार्यान्वयनका पक्षमा सक्रिय छौं । १८ असारमा पक्राउ गरिएका मोक्तानलाई म्याद थपी अनुसन्धान जारी रहेको बताइएको छ
सत्यपाटी ।