बाँके । बाँकेमा ३९ वर्षिय पुरुष स्वास्थ्यकर्मीमा कोरोना संक्रमणको पुष्टी भएको छ । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार पालिकाको स्वास्थ्य शाखामा खटेका ती स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो ।
उनी प्रयोगशालामा काम गर्दै आएको र कोरोना परिक्षणको लागि स्वाब संकलनमा खटेका थिए । फोकल पर्सन श्रेष्ठले स्वाबको नमुना शनिबार संकलन गरि भेरी अस्पतालको प्रयोगशालामा परिक्षण गरिदा ती स्वास्थ्यकर्मीमा संक्रमण भएको पाईएको पुष्टी गरे ।
फ्रण्टलाइनमा कार्यरत स्वास्थ्यकर्मी संक्रमणमा परेको दोस्रो व्यक्ति हुन् । भेरी अस्पताल नेपालगन्जमा आइतबार गरिएको स्वाब परिक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टी भएको हो । तीमध्ये बाँके १ जना, सल्यानमा २, दाङ्गका ३ र रोल्पाका ४ जनामा कोरोना पुष्टि भएको हो ।
सत्यपाटी ।