सूचनाको शक्ति - The Power Of Information

        

पोखरीमा डुबेर दुई जना बालकको मृत्यु

फाइल तस्वीर

बझाङ । सिँचाइ पोखरीमा पौडी खेल्ने क्रममा डुबेर २ जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको तल्कोट गाउँपालिका–३ वस्टीका ९ वर्षीय शोभान रोकाया र ८ वर्षीय बालक सर्जन रोकाया रहेका छन् ।

आइतबार बेलुकी करिब साढे बजे सिँचाइको लागि बनाइएको पोखरीमा डुबेर गम्भीर अवस्थामा पुगेका उनीहरूलाई थप उपचारका लागि अस्पताल ल्याइँदै गर्दा बाटोमा मृत्यु भएको बझाङ प्रहरी प्रमुख तथा डिएसपी गणेश बमले बताए ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार ११:२७