दाङ । नेपाल बैंक लिमिटेड बर्दिया शाखाको म्यानेजर पदमा कार्यरत प्रमोद बर्माको रहस्यमय मृत्युबारे निस्पक्ष छानबिन गरि दोषीलाई कार्वाही गर्ने र पीडितलाई न्याय दिने उद्देश्यले काम गर्न पाँच नम्बर प्रदेश प्रहरी प्रमुख एआइजी मधुप्रसाद पुडासैनीले मातहतका निकायलाई निर्देशन दिएका छन् । उनले घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरोकले पनि काम गर्ने बताए ।
प्रहरी प्रमुख एआइजी मधु प्रसाद पुडासैनीले बर्माको रहस्यमय मृत्युबारे प्रहरीले निश्पकक्ष छानबिन गर्न छुट्टै विशेष प्रहरी खटाउने बताए । एआइजी पुडासैनीले नेपाल प्रहरीले घटनाबारे सत्यतथ्य छानबिन गरि दोषीलाई कार्वाही गरी पीडितलाई न्याय दिने बताए । बर्दिया गुलरिया शाखा नेपाल बैंकमा कार्यरत म्यानेजर प्रमोद बर्माको घटनाको अनुसन्धानमा ढिलाईसँगै घटना रहस्यमय बन्दै गएको छ ।
एआइजी पुडासैनिले घटनाको प्रकृति र फोटो हेर्दा शरिरमा निलडाम हुने कुटपिटले पनि हत्या भएको पुष्टि गर्ने भन्दै पीडित परिवारले न्याय पाउनुपर्ने र नेपाल प्रहरीले निश्पक्ष छानबिन गर्न तयार रहेको बताए । घटनाबारे जानकारी पाए लगत्तै एआइजी पुडासैनीले बाँके र बर्दियाका प्रहरी प्रमूख, कोहलपुरका डिएसपी तथा क्षेत्रीय अनुसन्धान ब्युरो नेपालगन्जका प्रमुख लगायतलाई फोन गरेर सत्यतथ्य पत्ता लगाउन थप अनुसन्धान गर्न कडा निर्देशन दिएका छन् ।
।