सूचनाको शक्ति - The Power Of Information

        

राजश्वमा वाणिज्य संघको हेल्प डेस्क

बाँके । नेपालगन्ज उद्योग वाणिज्य संघले आन्तरिक राजश्व कार्यालयमा बिहिवार हेल्प डेस्क स्थापना गरेको छ । कर कार्यालयसंग सम्बन्धीत व्यवसायीक समस्या समाधानको सहजिकरणका लागि स्थापना गरिएको हेल्प डेस्कको आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख कर अधिकृत प्रकाश पौडेल र संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले संयुक्तरुपमा उद्घाटन गरे ।

असोज मसान्तसम्म उक्त हेल्प डेस्क सञ्चालन हुनेछ भने त्यसका लागि दुई जना कर्मचारी खटाइएको छ । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख कर अधिकृत पौडेल र संघका अध्यक्ष मन्सुरीले करसंग सम्बन्धीत समस्या समाधानका लागि समन्वय गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाएका छन् । संघले हरेक वर्ष हेल्प डेस्क स्थापना गर्दै आएको महासचिव चिरञ्जीवी ओलीले बताए ।

हेल्प डेस्क समन्वय समितिका संयोजक सलाउद्धिन जसगढले हेल्प डेक्सले कर कार्यालयसंग सम्बन्धीत व्यवसायीका समस्या समाधानमा सहयोग गर्ने जानकारी दिए । कार्यक्रममा संघका उपमहासचिव धर्मराज अर्याल, कोषाध्यक्ष हरिलाल न्यौपाने, प्रवक्ता टंक धामी लगायतका कार्यसमिति सदस्य, लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार १३:००